You are viewing the translated version of बिक्री बितरणमा रोक लगाउन सक्ने.

Section 33
बिक्री बितरणमा रोक लगाउन सक्ने
(१) यस ऐन बमोजिम निर्धारित स्वच्छता तथा गुणस्तर प्रतिकूलको खाद्य पदार्थ बिक्री वितरण गरेको शङ्का गर्ने मनासिब आधार भएमा महानिर्देशक वा कार्यालयको प्रमुखको स्वीकृति लिई विभाग वा कार्यालयको अधिकृत वा खाच्य, निरीक्षण अधिकारीले त्यस्तो खाध पदार्थ बिक्री वितरणमा रोक लगाउन वा बिक्री वितरणबाट हटाउन आदेश दिन सक्नेछ।

(२) उपदफा (१) बमोजिमको आदेश दिंदा त्यस्तो खाद्यपदार्थ तत्काल सडीगली जाने वा नष्ट हुने प्रकृतिको भए बिक्रीबाट हटाउन र सो बाहेक अन्य प्रकृतिको भए सिलबन्दी गरी. सम्बन्धित खाद्य व्यवसायीलाई जिम्मा लगाई त्यसको भरपाई लिई सोको बिक्री वितरणमा रोक लगाउनु पर्नेछ।

(३) उपदफा (१) बमोजिम बिक्रि, वितरणको लागि रोक लगाइएको खाद्य पदार्थको नमूनाको परीक्षण: प्रतिवेदन यथाशीघ्र पन्ध्र दिनभित्र प्राप्त भइसक्ने गरी परीक्षण .गर्नु पर्नेछ।

(४) उपदफा (३) बमोजिम परीक्षण गर्दा त्यस्तो खाद्य पदार्थ यस ऐन बमोजिम स्वच्छ र गुणस्तरीय देखिएमा परीक्षणको प्रतिवेदन प्राप्त भएको चौबिस घण्टाभित्र सिलबन्दी र रोक्का फुकुवा गर्ने आदेश गरी सोको जानकारी सम्बन्धित खाद्य व्यवसायीलाई दिनु पर्नेछ।